प्रदेश सरकारले एकेडेमी बनाउन

विराटनगर /  प्रदेश १ का मुख्यमन्त्री शरेधन राईले प्रगतीशिल समाज निर्माणका लागि सरकारले एकेडेमी बनाउन लागेको बताएका छन् । बौद्धिक सरोकार केन्द्रले विराटनगरमा सोमबार आयोजना गरको प्राध्यापक डाक्टर गणेश क्षेत्रीले लेखेको ‘ओझेलका यथार्थहरू’ पुस्तकको बिमोचन गर्दै मुख्य मन्त्री शेरधन राईले यस्तो बताका हुन् ।
उनले सचेतनामुलक समाज निर्माणका लागि प्रदेश सरकारले प्रगतिशिल एकेडेमी बनाउन प्रदेश सरकार लागि परेको बताए । प्रदेश स्तरिय एकेडेमीमा प्रतिष्ठित बिद्धानहरुलाई सहभागी गराएर समाजमा प्रगतिशिल साँस्कृतिक चेतनाको बिकास गराउने मुख्य मन्त्री राईले बताए ।
उनले हजारौ बर्षदेखी जकडिएर बसेको अन्धबिश्वासी चेतलाई हटाएर प्रगतिशिल चेत निर्माण गर्न प्रदेशका सबै बिद्धान लेखहरुलाई कलम चलाउन आग्रह गरे । संघिय गणतन्त्र स्थापना भएर देशमा नयाँ यूग सूरु भैसकेपनि अझै समाजको चेत पुरातन नै रहेकोले नयाँ बनाउनका लागि बिद्धान बर्गहरुलाई मुख्यमन्त्री राईले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *