भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउदा स्थानीय बजारमा मूल्य आकासीयो

बिराटनगर-

भारतको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

निर्यातका कारण स्थानीय बजार मूल्य बढेर प्रतिकिलो ८० रुपैयाँ भारु पुग्न थाले पछि निर्यात रोकिएको हो । भारतीय सञ्चार माध्यामहरुकाअनुसार दिल्ली तथा मुम्बई जस्ता शहरमा प्याजको औसत मूल्य ७० देखि ८० रुपैयाँ भारु पुगेको छ ।

भारतमा प्याजको होलसेल मूल्य प्रति क्वीन्टल ४ हजार भारुबाट पछिल्लो एक महिनामै एक हजार रुपैयाँले बढेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै नेपाली बजार पनि प्रभावित हुने भएको छ । भारतमा मूल्य बढेसंगै पछिल्लो समय प्याजको मूल्य बढ्दो क्रममा छ ।

आइतबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य न्यूनतम ८८ रुपैयाँ र अधिकतम ९० रुपैयाँ तोकिएको छ यस्तै सुकेको प्याजको खुद्रा मूल्य भने १०५ रुपैयाँसम्म पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *