सभामुख कृष्णबहादुर महरालाई लाग्यो दुर्व्यवहार गरेको आरोप

सभामुख कृष्णबहादुर महरालाई एक महिलाले आफुमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । संसद् सचिवालयमै काम गर्दै आएकी एक महिला कर्मचारीले सभामुखले आइतबार साँझ दुर्व्यवहार गरेको उनले आरोप लगाएकी हुन् ।

उक्त महिला कर्मचारी महराले आफुमाथि असामान्य व्यवहार देखाएर दुर्व्यवहार गरेको भन्दै नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगेको खुल्न आएको छ । यद्यपि महराबिरुद्ध कसैले लिखित जाहेरी भने दिएका छैनन्।

प्रहरीको सम्पर्कमा आएकी ती महिलाले सभामुख महरासँग पहिलेदेखि नै चिनजान भएको र कहिले काही कोठामा आउने जाने गरेकोसमेत बताइन् । तर आइतबार साँझ भने सभामुख महराले आफुमाथि असामान्य व्यवहार देखाएर दुर्व्यवहार गरेको उनको आरोप छ । साँझ नै प्रहरीलाई उनले खबर गरेपछि प्रहरीले तत्कालको अवस्थाको भिडियो खिचेर प्रहरीले लगेको ती महिलाले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *