अवैध चाँदीसहित पक्राउ

बिराटनगर :-
धनुषामा अवैध चाँदीसहित एकजनालाइ प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका ४ फुलगामा बस्ने २८ वर्षीय जितेन्द्र ठाकुर हो ।

मंगलबार सीमावर्ती क्षेत्रबाट स. २ प. ६६३० नम्बरको मोटरसाइकल चढेर भारततर्फ गइरहेका ठाकुरलाई चेकजाँचको क्रममा १ किलो ४ सय ग्राम चाँदी बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

पक्राउ परेका ठाकुरलाई जनकपुर भन्सार कार्यालय पठाइएको छ ।
विगतको पाँच दिनमा प्रहरीले ठाकुरसहित अन्य चारजनालाईपनि चाँदीसहित अवैध कारोबारिलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *