शक्तिपिठहरुमा भक्तजनको चहलपहल बढ्दै

मोरङको पुरानो सदरमुकाम रंगेलीमा रहेको संसरीमाईस्थानमा दशैं सुरु भएपछि पुजाअर्चना गर्ने भक्तजनहरुको चहलपहल बढेका छन् ।

रंगेलीमा रहेको पुरानो शक्तिपिठमा शनिबार र मंगलबार धेरै भिड हुने गर्दछ । नवरात्री र चण्डी पूर्णीमाका अवसरमा विशेष पूजा समेत गरिन्छ ।

मन्दिरका मुल पुजारी बाल व्यास पण्डित कृष्ण कोइरालाले देवीको शक्तिपिठ भएकोले वर्षेनी हजारौँ भक्तजन आउने गरेको बताउ छन् । यस्तै रंगेली चोकमा रहेको काली मन्दिरमा पनि नवरात्रीमा भक्तजनहरुको चाप बढेको छ ।

विराटनगरमा रहेको काली मन्दिरमा विहान पुजाअर्चनागर्ने भक्तजनहरु को संख्या बढ्न थालेको छ । सप्तमीका दिनदेखि भने शक्तिपिठहरुमा भिड बढ्ने गर्छ । शुक्रबार (आज) बडादशैंको पाँचौं दिन । हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्ने चलन चलिआएको छ ।

भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको छ। स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *