चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ विराटनगर आउदै

नेपालका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ विराटनगर आउने भएको छ । शुभ शुभ वेंक्विट एण्ड रेष्टुरेन्टको आयोजना तथा भाइरल इभेन्ट इन्टरटेनमेन्टको सहकार्यमा आयोजना हुन लागेको ‘दशैं धमाका २०७६’का लागि लाउरे विराटनगर आउन लागेका छन् ।


विराटनगर–४ कञ्चनबारीमा रहेको शुभ वेंक्विट एण्ड रेष्टुरेन्टले शुक्रबार अर्थात् असोज १७ गते दसैं धमाका कार्यक्रम आयोजना हुदैछ । उक्त कार्यक्रममा लाउरेका साथै विराटनगरका हुमन आचार्य, शुभम् न्यौपाने, डिजे सानीस, द एयर ड्रम व्याण्डलगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनकारी गराएका छन् ।

कार्यक्रमको टिकटको मूल्य ३ सय र ६ सय रहेको आयोकजले जनकारीगराएका छन्। सो टिकट विराटनगर मेनरोडस्थित टयाक्सी कपडा पसल, क्याफे ग्रिल टु चिलबाट खरीद गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *