बोलेरो र मोटरसाइकल दुर्घटना

सुन्दरहरैचा, सुन्दरहरैचा ७ ठडिया चौक स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो र मोटरसाइकल दुर्घटना भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३५ प १४२२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जिप आपसमा ठोक्किदा दुर्घटना भएको १ नं प्रदेश ट्राफिक कार्यलयले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडी सवार दुवै घाइते भएको प्रहरिले जनाएक छ । घाइते दुवैलाई उपचारको लागि विराटागर स्थित न्युरो अस्पताल लगिएको छ भने दुवै सवारी साधन प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *