घरघरमा फूलपाती

आज शनिबार दसैंघर, कोत तथा घरघरमा फूलपाती भित्रयाएर फूलपाती पर्व मनाइँदै छ । नवरात्रको सातौं दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्रयाउने चलन छ ।

हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्रयाउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहेको काठमाडौं जात्रा व्यवस्थापन समितिका अध्यक्ष राजन महर्जनले जानकारी दिए । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । राजतन्त्र हुँदा हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भिœयाउने क्रममा राष्ट्र प्रमुखका हिसाबले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने परम्परा बसेको छ ।

पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोरखाबाट ल्याएरफूलपाती भिœयाउने चलन बसेको इतिहास छ । फूलपाती दरबारभित्र भित्रयाउँदा कालो बोकाको बली दिने चलन रहेको छ । त्यसैगरी, आज शनिबार देशभरिका प्रमुख शक्ति पीठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डामा बढाइँका साथ फूलपाती भिœयाउने चलन रहेको छ । फूलपाती भित्रयाउने साइतनुसार टुँडिखेलमा नेपाली सेनाले फूलपातीको बढाइँ जात्राप्रस्तुत गर्ने गर्छन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्षबढाइँ गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ । आजैबाट सरकारी कार्यलय बन्द हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *