चाडबाड को लागि हैन , सी को लागि सजिदै ”काठमान्डौ”

बिराटनगर:-
चिनियाँ राष्ट्रपति सी को लागी काठमान्डौ सजिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण दशैं लगत्तै हुने भए पनि कुन दिन काठमाडौं आइपुग्छन् भन्ने औपचारिक रुपमा घोषणा भएको छैन ।
दशैँ को माहोलमा दशैँ को लागि हैन उनको स्वागतका लागि काठमाडौंलाई चिटिक्क बनाउने काम धमाधम भइरहेको छ ।

काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेको छ ।
मध्यरातमा सडकमा कालोपत्रे बिछ्याउने चटारोसमेत सरकारलाई यहीबेलामा परेको छ ।
आम नेपाली नागरिकहरु दशैंमा रमाइरहका बेला पनि काठमाडौं सिँगार्ने काम रोकिएको छैन ।
शनिबार फूलपातिको दिन पनि नयाँ बानेश्वर क्षेत्रमा सडकपेटी तथा भित्ताहरु रंगाउने, फ्लेक्स बोर्डहरु राख्ने काममा मजदुरहरुलाई खटाइएको छ ।
बेला बेलामा अन्तरराष्ट्रिय पाहुनाहरु नेपाल भ्रमणमा आउँदा काठमाडौंलाई यसैगरी सिँगारेर चिटिक्क बनाउने काम भैरहेको हुन्छ ।
दशैँ को सपिङ्ग गर्न निस्किने आम जनता /सर्वसाधारण लाइ निक्कै नै मार्का परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *