फरार अभियुक्त पक्राउ

बिराटनगर:-
पर्सामा चोरी मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २ छपकैया निबासी २० वर्षीय सफरेज देवान रहेका हुन् ।

पर्सा जिल्ला अदालतले देवानलाई चोरी मुद्दामा दोषी ठहर गर्दै ०७५ जेठ १ गते १ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर, उनी फैसला सुनाएलगत्तैदेखि फरार भएका थिए ।

वडा प्रहरी कार्यालय, बिर्ता पर्साबाट खटेको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा देवानलाई असोज १७ गते लुकिछिपी बसेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले उनलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालत पठाउने तयारी थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *