स्वच्छता अभियानअन्तर्गत कपडाको झोला वितरण

बिराटनगर:-
स्वच्छता अभियानअन्तर्गत जनकपुरमा कपडाको झोला वितरण गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले प्लास्टिकको झोलाले वातावरण प्रदुषण हुने भएकाले स्वच्छता अभियान चलाउदै आएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको नेतृत्वमा राममन्दिर, राजदेवी मन्दिरलगायतको क्षेत्रमा व्यवसायिहरुले प्रयोग गर्दै आएका प्लास्टिकको झोला लिएर कपडाको झोला वितरण गरेको हो ।

चाडपर्वका बेला झोला बढी प्रयोग हुन्छ । तर बजारमा अझै वातावरण प्रदुषण गर्ने झोलाको प्रयोग भइरहेकाले त्यसलाई रोक्न प्रदुषण रहित झोला वितरण गरिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताउनुभयो ।
प्लाष्टिकको झोलाले प्रदुषण फैलाउने गरेकाले त्यसबाट बच्न स्वच्छता अभियान अन्तर्गत नयाँ खालको झोला (प्रदुषण रहित) वितरण गरेको उहाँले बताउनुभयो । साथै उहाँले प्लाष्टिकको झोला प्रयोग नगर्न नगरबासीसँग अपिल पनि गरेका हुन् ।

उक्त कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, समाजसेवी वैधनाथ साह, अभियानिहरुको समेत सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *