विप्लब का मोरंग जिल्ला सेक्रेटरी सहित २ जना पक्राउ

बिराटनगर/प्रदेश वन समाचार :-
(विप्लव) समूहका युवा संगठन सदस्य विपिन भन्ने रामु मग्राती विष्फोटक पदार्थ मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेको छ ।
अनुसन्धानको क्रममा सुक्रबार मोरङ जिल्ला बुढीगंगागाउपालिका वडा नं. ३ बस्ने नेकपा (विप्लव) मोरङ जिल्ला सेक्रेटरी आभाष भन्ने कुमार खतिवडा विराटनगरम.न.पा.वडानं.४ स्थित ईक्राही चोकबाट पक्राउ परेका हुन् ।
निजहरु कोठा भाँडामा लिई बस्दै आएका थिए।
सुन्दरहरैचा नगरपालिका वडानं. ७ गोठगाउँ बस्ने राजेन्द्र लिम्बुको घरको पुर्व दक्षिणतर्फको
कोठा खानतलासी गर्दा नेपाल कम्युनिष्टपार्टी बिप्लव समुहका निम्न लिखित
दस्तावेजहरु फेला परेको छ ।

(क) कुमार प्रसाद खतिवडाको डेरा कोठाबाट बरामद भएका सामानहरु ;-

१.कुमार प्रसाद खतिवडाको नामको सक्कल नेपाली नागरिकता प्रमाण पत्र १ थान
२.नेपाल कम्युनिष्ट पाटीको सहयोग रसिद २ ठेली.
३. Axxaलेखिएको कालो रङको सादा मोवायल माइक्रोमक्स १ थान र कलर्स कम्पनीको १ थान ,
४.नेपाल कम्युनिष्ट पाटी केन्द्रिय समितिको आर्थिक सहयोगका लागि लेखिएको पत्र.
५. ऐ.पार्टीको कमरेड आभाषले दस्तखत गरेको प्रेस विज्ञप्ती पाना ३.
६.नोट डायरी ३ थान, सानो फोन डायरी ४ थान, विभिन्न व्यक्तिहरुको मोवायल
नम्बर लेखिएको कपी १ थान .
७.ऐ. पार्टीको मेची, कोशी, व्युरोको २०७६/३/२५ गतेको परिपत्र पाना ७
८. नेपाल कम्युनिष्ट पार्टीको छाप १ थान.
९. युवा संगठन नेपाल केन्द्रीय समितिको सहयोग रसिद १ ठेली .
१०.ने.क.पा.को २०७६/३/९ गते, ऐ. १० गते र ऐ .२५ गतेको प्रेस विज्ञप्ती १/१
पाना.
११. युवा आवाजको विज्ञापन उपलब्ध गराउन लेखिएको पत्र पाना ७.
१२. नेपाल कम्युनिष्ट पार्टीको हँसिया हथौडा अंकित रातो झण्डा २ थान .
१३. युवा संगठन नेपालको विशेष आर्थिक सहयोगका लागि लेखेको पत्र पाना ६ .
१४. रातो खवर पत्रिका १ रोल .
१५ विभिन्न उद्योग, कम्पनी व्यवसायिक संगठनलाई आर्थिक सहयोगको लागि
लेखेको पत्र थान ८.
१६. आभाष भन्ने कुमार खतिवडाले प्रयोग गरेको को.२० प ५८८८ नं. को यमाहा
कम्पनिको Jixer मोटरसाइकल थान-१.

आभाष भन्ने कुमार खतिवडालाई प्रारम्भिक सोधपुछ गर्दा निजले जिल्ला मोरङ बुढीगंगा गाउँपालिका वडानं. ७ (साविक डंग्राहा ९) धरहरा
बस्ने बालकुमार डाँगीलाई बिष्फोटक पदार्थ र बिष्फोटक पदार्थमा प्रयोग हुने सामानहरु राख्न दिएको भन्ने जानकारी दिएका छन् ।

कुमार खतिवडा समेत साथमा लिई प्रहरी ले जिल्ला मोरङ बुढीगंगा गाउपालिका वडानं. ७ (साविक डंग्राहा ९) धरहरा बस्ने बालकुमार डाँगीको घरमा गई बिष्फोटक पदार्थ बारेमा सोध पुछ गरेका थिए
अनुसन्धान को समयमा बाल कुमार डाँगीले मलाई कुमार खतिवडाले दिएको बिष्फोटक पदार्थहरु दाजु रत्नकुमार डाँगीको केरा घारीमा माटो मुनी गाडी राखेकोछु ‘भने’ ।

बालकुमार डाँगीको दाजु रत्नकुमार डाँगीको केराघारीमा कुहिएका काठको मुढाहरु पल्टाई हेर्दा सो मुनी माटोमा खनी पुरेर राखिएको निलो प्लाष्टिक,
सेतो बोरा तथा रातो र सेतोप्लाष्टिकमा पोका पारी लुकाई राखेको बिष्फोटक पदार्थमा प्रयोग हुने रिमोट तार लगायतका निम्न बिष्फोटक पदार्थहरु फेला पारेको मोरंग जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।

बालकुमार डाँगी पनि पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *