इटहरीमा गोरु काटेको आरोपमा ४ जना पक्राउ

बिराटनगर:-
नेपालिहरूकाे महान चाड दशैंका बेला इटहरीमा गाेरू काटिएकाे छ
गोरु काटेको आराेपमा इटहरी नगर प्रहरी सहित ४ जना पक्राउ परेका छन् ।
हिन्दु राष्ट्र स्थापनाकाेलागि पटक पटक सडक आन्दोलन चर्काएर केन्द्र सम्म तहलका मच्चाएकाे सुनसरीकाे इटहरीमै शनिबार बिहान गाेरू काटिएकाे हाे । हिन्दु धर्मकाे उर्वरभुमि मानिने इटहरीमै दशैकाे बेला गाेरू काटेर मारेपछि बिवाद बढेकाे छ ।
हिन्दु धर्मावलम्बिका गुरू श्री निवासाचार्यले इटहरीमा गाेरू काटिएकाे बिषयमा गम्भिर ध्यानाकर्षण भएकाे जनाएका छन ।
उनले गाेरू काटने जाे काेहिलाइ कडा भन्दा कडा कार्वाहिकाे माग गरेका छन ।
इलाका प्रहरी कार्यालय इटहरीले गाेरू काटेकाे आराेपमा इटहरी उपमहानगरका नगरप्रहरी राजकुमार तामाङ सहित ४ जनालाई पक्राउ गरेको छ।
प्रक्राउ पर्नेमा एक महिला र तिन पुरूष रहेकाे भनिएपनि प्रहरीले नाम सार्वजनिक गर्न मानेकाे छैन ।
गाेप्य शुचना अनुसार गाेरू काटिएकाे अभियाेगमा समातिएका चार मध्ये नगरप्रहरी तामाङलाइ छुटाउन कसरत सुरू भएकाे बुझिएकाे छ ।
यता यस बिषयमा इलाका प्रहरी कार्यालय इटहरीमा सम्पर्क गर्दा प्रहरीले कुनै शुचना दिन मानेकाे छैन ।

साभार/ पूर्वेली न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *