सरकारी निवासबाटै पक्राउ पर्न सक्छन् ”महरा”

बिराटनगर:-
बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ पर्न सक्ने देखिएको छ ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले बलात्कार प्रयासमा महराविरुद्ध जाहेरी दिएपछि प्रहरीले फाइल तयार पार्दै आइतबार महरालाई पक्राउ गर्ने तयारी गरिरहेको छ ।
रोशनीले शुक्रबार राति मात्रै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

शनिबार सार्वजनिक विदा भएकाले अदालतबाट पक्राउ पुर्जी तयार नहुने हुँदा प्रहरीले महरालाई आइतबार पक्राउ गर्ने तयारी गरेको हो ।

प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंबाट महराको पक्राउ पूर्जी लिने अन्तिम तयारी गरेको बताइएको छ । प्रहरीले पक्राउ पूर्जीका लागि फाइल पेश गर्ने भएको छ ।

प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरिरहँदा महरा अहिले पनि सभामुख निवासमै रहेका छन् ।
उनी डेरा नपाएको भन्दै सोही निवासमै बसिरहेका हुन् । यसकारण अदालतबाट पक्राउ पूर्जी जारी भएपछि महरा सरकारी निवासबाटै पक्राउ पर्ने देखिएको छ ।

सम्भवत: महरा परिवार आइतबार नै डेरा सर्नेछ । डेरा सरेमा उनलाई सरकारी निवास भन्दा बाहिरबाटै पक्राउ गर्ने मनसाय प्रहरीले बनाएको स्रोतको भनाई छ ।

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिइसकेका छन् । सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

उनी सम्बद्ध नेकपाले भने सांसद पदबाट पनि राजीनामा दिन निर्देशन दिइसकेको छ । तर, त्यो निर्देशनलाई भने उनले अटेरी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *