कुमारी बैंकको भवनमा आगलागी

महेन्द्रनगर:-

महेन्द्र नगरको गल्ली नम्बर ५ रहेको कुमारी बैंकको भवनमा आज आगलागी भएको छ ।

बैंकसंगै रहेको एक रुइको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र बहादुर चन्दले बताएका हुन् ।

भारतीय नागरिक एलमद हुसेनले सञ्चालन गरेको उक्त रुइको गोदाममा आगलागी भएको हो ।
आगलागीबाट गोदामभित्र रहेका मोटर, मसिन, र तयार पारिएको गद्दा पुरै नष्ट भएको सञ्चालक भुरा भाइले बताएका छन् ।

एक्कासी लागेको आगो झण्डै आधा घण्टापछि भीमदत्त नगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिएको थियो ।
आगो लाग्नुको कारण पत्ता लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *