बनेपा– लागुऔषध (चरेस) कारोबार मुद्दामा फरार रहेका पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। थापा दसैँमा टीका लगाउन घर आउने क्रममा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार फरार रहेका थापा पर्सा जिल्ला अदालतबाट तीन वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना सुनाइएका व्यक्ति हुन्
Comments