दर्दनाक घटना : श्रीमती बाकस भित्र, छोरी बोरामा, बाउ आफै झुण्डिए…

सुनसरी:-
इटहरी मा दसैं टिकाको दिन दर्दनाक घटना घटेको छ ।
मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृ त भेटिएका छन् ।
श्रीमान् झु ण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको शव बाकस र बोरामा हा’लिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
घटनाको प्रारम्भिक अनुसन्धानले श्रीमान्ले श्रीमती र छोरीको ह त्या गरेर आफू पनि झुन्डिएको प्रहरीले आशंका गरेको छ ।

प्रहरीका अनुसार सुरुमा गाउँलेले राजेशलाई झुण्डिएको देखेपछि अस्पताल लगेका थिए ।
अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेपछि शव घरमा लगिएको थियो र श व बेर्नका लागि कपडा खोज्ने क्रममा टिनको बाकस खोल्दा मृतककी श्रीमती पुनमको शव भेटियो ।

६ वर्षीया छोरी स्वस्तीकाको शव पनि बोरामा हालेर मुख बाँधेको अवस्थामा फेला परेको प्रहरीले बताएका छन् । प्रहरीका अनुसार श्रीमतीको टाउकोमा चोट छ भने छोरीको घाँटी च्यापेर हत्या गरिएको देखिन्छ ।

लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद रहँदै आएको थियो । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुगेको थियो ।
मंगलबार बिहान नहुँदै श्रीमती र छोरीलाई मारेर दिउँसो राकेश झुन्डिएको हुनसक्ने बताइएको छ ।
राकेशका अन्य दुई छोराछोरी भने अलि पर हजुरबाकोमा बस्दै आएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दशैको टीका लगाउन माइत हिँडेकी श्रीमती, श्रीमानको यसरि भयो बाटोमै दुखद निधन

दुल्लु नगरपालिका र नारायण नगरपालिकाको सीमा क्षेत्रमा बग्ने छामघाट खोलामा दुई जनाको शव फेला परेको छ।
चुप्राबजार नजिक लोहोरे र छामघाट दोभानमाथि छामछाट खोलाको तालमा डुबको अवस्थामा दुई जनाका शव फेला परेका हुन्।
खोला तर्ने क्रममा बगेर निधन भएको हुनसक्ने आंशका गरिएको जिल्ला प्रहरी कार्यालयका दैलेखका सुचना अधिकारी प्रेमबहादुर क्षेत्रीले बताए।
दुबै श व खाेलामा डुबेको अवस्थामा भेटिएकाे जनाइएको छ। प्रहरीले मंगलवार साँझ ८ बजेतिर मृ तकको श व खोलाबाट निकालिएको थियो।

प्रहरीकाअनुसार मृ तक दुल्लु नगरपालिका –११ की ४५ वर्षिय ईन्दबहादुर सुनार र उनकी ४० वर्षीया श्रीमती खगिसरा सुनार रहेको प्रहरीले जनाएको छ। उनीहरु दशैंको दिन घरमा टीका लगाई ससुरालीमा टीका लगाउन ४ बजे हिडेको मृतकका भतिज गणेश विकले बताए।

छामघाट खोला तरेर जाने क्रममा उनीहरुको बगेर निधन भएको हुनसक्ने आफन्तले अनुमान गरिएको छ। उनीहरु खोला तरेर नारायण नगरपालिका २ कुसाडा ससुराली आउँदै थिए। श व डुवेको अवस्थामा प्रहरी र स्थानीयहरु झिकेर पोष्ट मार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याउने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *