बिराटनगर:-
लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि. काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरी घुस रकम सहित पक्राउ परेका छन् ।
काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीले टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाण-पत्र लिनको लागि टोखा नगरपालिकाका कर्मचारीसमेतलाई मिलाउनको लागि भनी सेवाग्राहीसँग घुस माग गरेका थिए
सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज ओभरसियर प्रशान्त चौधरीलाई सेवाग्राहीसँग रु पाँच लाख घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको छ ।
ओभरसियर प्रशान्त चौधरी माथि थप अनुसन्धान भइरहेको छ ।
Comments