सी आउँदा र जाँदा अरु उडानअवतरण बन्द गरिने

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको समयमा सडक मात्रै होइन हवाई मार्ग समेत अवरुद्ध हुने भएको छ। सी आउँदा र जाँदा अढाई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अरु उडानअवतरण बन्द गरिने भएको छ।

शनिवार दिउँसो २:५५ बजेदेखि साँझ ५:२५ बजेसम्म विमानस्थलमा उडान बन्द हुनेछ भने आइतबार उनी फर्कने दिन विहान ११:२० बजेदेखि दिउँसो १:५० बजेसम्म उडान बन्द गरिनेछ।

सी एयर चाइनाको दुईवटा जहाजमार्फत नेपाल आउँदैछन्। विमानस्थल कार्यालका अनुसार दुईवटा जहाज ३० मिनेटको फरकमा अवतरण हुनेछ। यो अवधिमा आन्तरिक तर्फका सबै जहाज सबै जहाज विराटनगर, धनगढी, भरतपुर, पोखरा, भैरहवा, भद्रपुर, नेपालगञ्ज लगायतका विमानस्थलमा राख्ने निर्णय भएको वायुसेवा कम्पनीले जनाएका छन्।

‘हामीलाई टिआइएले शनिवार र आइतबार अडाई घण्टाको लागि उडान बन्द गर्न नोटाम जारी गरेको छ।नोटाम अनुसार फिक्सविङ र रोटर विङ (प्लेन र हेलिकोप्टर) जहाजहरु काठमाडौं बाहेकका विमानस्थलमा राख्नेछौँ।’ एक व्यवसायीले भने। विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले उच्चस्तरीय भ्रमणका समयमा कम प्रभाव पार्ने गरि नोटाम जारी गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *