कालाबञ्जार/वराहक्षेत्र-५ स्थित जडेज माविकाे खेल मैदान पूर्वपट्टि हैटाखाेलामा शालनालसहित पानीमा फालिएको अवस्थामा शिशु फेला परेको छ ।
स्थानीयले बिहीबार बेलुका देखे पनि गुडिया हाे भनेर बेवास्ता गरेका थिए । पुनः खाेलामा देखेपछि कालाबन्जार प्रहरी चौकीलाई खबर गरेका थिए । अन्दाजी एकदुई दिनअघि मात्रै खाेलामा फालेको हुन सक्ने अाशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय चक्रघट्टीले शिशुकाे शवकाे मुचुल्का उठाई धरानकाे बीपी हस्पिटल पाेष्टमार्टमका लागि पठाइएको असइ दिपेशकुमार देवले बताए ।
Comments