कानमा लगाएको बालि छिछोलेर भाग्ने क्रममा चोर पक्राउ

बिराटनगर:-
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ महावीरचोकबाट एक युवकलाई चोरीको आरोपमा स्थानीयहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ ।
पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ बनौली बस्ने मनोज मिश्रको अन्दाजी २१ वर्षिय छोरा चन्दन कुमार मिश्र रहेको प्रहरीले जनाएको छ ।

जनकपुरधामको पेठिया बजारबाट करीब ४५ वर्षीया एमिना खातुन रामचोक आउने क्रममा ती युवकले कानमा लगाएको बाली छिछोलेर भाग्ने क्रममा स्थानीयहरुले ती युवकलाई पक्राउ गरेको थियो ।
पक्राउ परेको युवकलाई सोही वडाका वडाअध्यक्ष मनोज साहले जानकी प्रहरी चौकीमा बुझाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ रुपैठा बस्ने खातुनलाई बजारबाट नै पछाडि गर्दै आएको र

महावीरचोकमा आउँदा कानमा लगाएको सुनको बाली छिछोलेर भाग्न खोज्दा ती महिला चिच्याउन थालेपछि स्थानीयहरुले पक्राउ गरेको वडाअध्यक्ष साहले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *