छमायाँ छपक्कै ले फेरीपनी इतिहाँसमा रच्ने पक्का

नेपाली कथानक चलचित्रछमायाँ छपक्कै ले फेरीपनी नेपाली चलचित्र इतिहाँसमा एउटा इतिहाँस रच्ने पक्का भएको छ । हरेक बर्ष दशैको टिकालाई लक्षीत गरी चलचित्र प्रदर्शन गर्दै आएको दिपा र दिप जोडिएको फिल्मले यस बर्ष भने दँशैको २ दिन बाँकि हुँदा छ मायाँ छपक्कैलाई रिलीज गरेको थियो । असोजको २४ गतेबाट प्रदर्शनमा आएको उक्त चलचित्र यतिबेला देशका १ सय भन्दा बढि सिनेमा घरहरुमा प्रर्दशन भइरहेको छ ।

बिषेश गरेर नेपाली चलचित्रले हाउसफुल हुने अवस्था कमै मात्र हुने गरेको यो परीवेशमा छ मायाँ छपक्कैले रेकड ताडेको छ । समय परीवेशलाई मध्यनजर गर्दै छनौट गरीने कथा बस्तु र त्यस कथालाई सुहाउँदो कलाकारको छानौट संगै चलचित्र निर्माणमा सक्रीय टिमको कारणले पनी छ मायाँ छपक्कै लाई दर्शक हरुले यतिधेरै मन पराएको दिपाश्री निरौललो बताइन् । चलचित्र घरहरुमा अहिले पनी टिकट नपाएर चलचित्र नहेरी घर फर्कनुपर्ने अवस्था चलचित्र छमाया छपक्कैको रहेको छ । हरेक बर्ष एउटा चलचित्र दिइरहेको उक्त टिमललाई दर्शकहरुले गरेको मायाँका कारण अब भने बर्षमा २ वटा चलचित्र दिने उत्साह समेत प्रदान गरेको निर्मात्री निरौलाले बताई । २ करोडको लगानीमा निर्माण भएको छ मायाँ छपक्कैले आफ्नो लगानी उठाउनेमा कुनै दुइमत नरहेको समेत बताई ।
अहिले छ मायाँ छपक्कै नेपालमा मात्र नभई तेस्रो मुलुकका हल हरुमा समेत प्रर्दशन भइरहेको छ । छ मायाँ छपक्कै चलचित्रमा दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायतको विशेष भूमिका रहेको छ । छ मायाँ छपक्कैले आफ्नो लगानी सुरक्षीत गरेको दिन नयाँ चलचित्रको घोषण गर्ने लक्ष्य रहेको समेत निर्मात्री निरौलाले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *