राष्ट्रपति सी अपरान्ह साढे ४ बजे ”एयर चाइना”मा : जहाजलाई छड्के पार्किङ

बिराटनगर:-
चिनियाँ राष्ट्रपति सी चिनफिङ अपरान्ह साढे ४ बजे एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७ बाट अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु हुनेछ ।
विमानस्थल स्रोतका अनुसार उहाँ आउने जहाजलाई विमानस्थलमा एक रात पार्किङ गरिनेछ ।

उहाँ चड्ने जहाजको पार्किङ नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमस्थल र नेपाल वायुसेवा निगमका अधिकारीहरुका लागि भने निकै चुनौतिपूर्ण बनेको छ ।

चिनियाँ राष्ट्रपतिको जेट विमानलाई विमानस्थलको टर्मिनल भवनतर्फ फर्काएर पश्चिम–पूर्व राख्न नसकिने भएको छ ।
विमानस्थलमालाई राष्ट्रपति सी चढ्ने जेटलाई छड्के पारेर राख्ने तयारी भएको छ । अहिले जसरी अन्य विदेशी एयरलायन्स राखिन्छ, त्यसैगरी पार्किङ गर्न नसकिने भएको छ । त्यसको कारण उहाँ चढ्ने जहाजलाई पुसब्याक( धकेल्न गर्न सकिने उपकरण नहुनु हो ।

चिनियाँ राष्टपतिको जेट विमानलाई ह्यान्डल गर्ने क्षमताको उपकरण निगमसँग छैन ।
राष्ट्रपति चढेर आउने विमान डबल डेकर दुईतले र चार इन्जिनयुक्त हो ।
राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणको भारतको चन्नईबाट नेपाल तर्फ प्रस्थान गरी सक्नु भएको छ ।
राष्ट्रपति सी भारतको दुई दिने अनौपचारिक भ्रमणपछि नेपालतर्फ प्रस्थान गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *