नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

बिराटनगर:-
नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदान प्रदान गरिएको छ ।
सम्झौताअघि नेपाली र चिनियाा अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो ।
वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्झौता भएको छ ।
काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।
रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोर निर्माण लगायतका विषय समेटिएका छन्। केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेकाे छ।

वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, मुख्यसचिव, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार लगायत ३० जनाको टोली सहभागी छ।

२३ वर्ष पछि भएको चीनका राष्ट्रपति सीको नेपाल भ्रमणले चीन र नेपालबीचको सम्वन्धलाई थप उचाईमा पुर्याउन सहयोगी हुने र नेपालको भौतिक पूर्वाधार विकासमा निकै फलदायी हुने अपेक्षा गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालमा रहनुभएका राष्ट्रपति सी आज अपरान्ह स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *