राष्ट्रपति सी जीनपिङले नेपाललाई साढे ३ अर्ब यूआन सहयोग

बिराटनगर:-
चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाललाई साढे ३ अर्ब चिनियाँ यूआन सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपालको राजकीय भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सीले आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा आर्थिक सहयोग गर्ने घोषणा गरे ।
घोषणा गरेको साढे ३ यूआन रकम आजको सटही दर अनुसार ५६ अर्ब १७ करोड रूपैयाँ भन्दा बढी हुन्छ ।

नेपालीको जीवनस्तर उकास्नका लागि सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् ।
सहयोग रकम सन् २०२० देखि २०२२ सम्मका लागि उपलब्ध गराइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *