भुटानी शरणार्थी शिविरमा आगलागी

बिराटनगर:-
झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ ।
दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए ।
आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो ।

अगाो नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट निभाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिए ।
आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *