अमेरिकामा दुई नेपालीको कार दुर्घटनामा मृत्यु

बिराटनगर:-
कार दुर्घटनामा परी अमेरिकामा दुई नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा चारजना घाइते भएका छन् ।
घाइते मध्ये एकको अवस्था गम्भिर रहेको बताइएकाे छ ।
अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा उनिहरूकाे मृत्यु भएको हाे ।

मृत्यु हुनेमा २४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको छ ।
दुर्घटनामा २२ वर्षीया सिर्जना विश्वकर्माको अवस्था गम्भीर रहेको र उनको माउन्ट कार्मल अस्पतालमा उपचार भइरहेको स्थानीय समाचार संस्था डब्ल्युएमसएचले जनाएको छ ।
दुर्घटना तीन वटा गाडी एकआपसमा ठोक्किएर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *