भेन र मोटरसाइकल ठक्करमा एक जना गम्भीर घाइते

सप्तरी-मौसम झा ।
पुर्व पश्चिम राजमार्ग जाने बाटोमा मोटरसाइकल र भेन जुध्दा एक जना चालक गम्भीर घाइते भएको छ ।
राजमार्गअन्तर्गत कंचनरुप नगरपालिका–१२ कंचनरुप नहर चौकबाट कोशीतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको भेनले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको हो ।

बा १४ प ५०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक गम्भीर घाइते भएका हुन् ।
भेन चालक फरार भएका छन ,मोटरसाइकल चालक महदेवा गाउँपालिका–२ बस्ने ४५ वर्षीय चन्द्र देव खंग गम्भीर घाइते भएको नगरीय प्रहरी परिसर सप्तरीका प्रहरी निरीक्षक मकेन्द्र मिस्रले जानकारी दिएका छन् ।

घाइते खंगको धमैशवर अस्पताल कंचनरुपमा उपचार संभव नहुँदा दुवै जनाको थप उपचारका लागि विराटनगर नोबेल अस्पतालमा रेफर गरिएको छ।
मोटरसाइकलमा पछाडि सवार श्रीमती पनि घाइते भएकी छिन , उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *