ठुलो परीमाणको लागुऔषध सहित दुइ जना पक्राउ

मोरङ को सुन्दर हरैचा नगरपालिका १० र १२ स्थित पूर्व पश्चिम लोक मार्गमा बाट ठुलो परीमाणको लागुऔषध सहित दुइ जना लाई प्रहरीले पक्राउ गरेको छ । पश्चिमतर्फ आई रहेको को १३ प १२७६ नम्बरको अपाची मोटरसाईकलमा सवार जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका २ का पशुपति चोक बस्ने बर्ष २० को असिम श्रेष्ठ र मेडिकल संचालक जिल्ला मोरङ सुन्दरहरैचा ४ बस्ने बर्ष २६ को नरेश यादव समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजले साथमा बोकी ल्याएको कालो रंगको साईड ब्याग उक्त लागुऔषध बरामद गरको थियो । उनिहरुको साथ बाट इस्पास्पीन ट्याब्लेट १६७० पिस , केटाडोल फिप्टी १६२० पिस रिमोडोल फिप्टी ६ पिस एक थान मोबाइल र को १३ प १२७६ नंम्बरको आपाची मोटर साईकल ििनयन्त्रणमा लिएको हो । उता लागुऔषधकै रुपमा बिक्री भइरहेको तिरूपती मेडिकलबाट डिल्याक्स डिसि लेखिएको खाली बोटल २ थान स्पास्पीन लेखिएको सेतो पत्तामा जम्मा २१९ पिस ट्याब्लेट र स्पास्मो लेखिएको १९ पिस खाली ट्याब्लेट प्रहरीले बरामद गरको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *