बिराटनगर:-
प्रतिनिधिसभाका सांसद प्रमोद साह पक्राउ परेका छन् ।
जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा सांसद साह पक्राउ परेका हुन् ।
उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए ।
उनलाई जहाजले काठमाडौं ल्याउन मानेको थिएन । तर, स्थानीय प्रशासनको दबावमा उनी सोही जहाज चढेर काठमाडौं आएका थिए ।
Comments