महरालाई आज जिल्ला अदालत काठमाडौंमा पेशी

काठमाडौं:-
बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
प्रहरीले महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो ।

त्यसयता प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो ।

महराले असोज १२ गते रोशनीमाथि बलात्कार गरेको भन्दै हाम्रा कुरा डटकमले असोज १४ गते खुलासा गरेको थियो । सो खुलासापछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
अहिले महराको सांसद पद समेत निलम्बनमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *