कातिक ८ बिराटनगर मा भब्य हुने

विराटनगर / लाईभ ईन्टरटेडमेन्ट विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको मुख्य प्रर्वद्धकको रुपमा आयोजना गर्न लागिएको म्युजिक फेष्टिभल पाँचौ संस्करण आगामी कातिक ८ गते हुने भएको छ । कार्यक्रम संंयोजक सन्तोष महत ( स्यान्ट्रो ) ले विराटनगरको जैनभवनमा कात्तिक ८ गते साँझमा गरिने बताए । कार्यक्रममा नेपालका चर्चित गायक सविन राई एण्ड फारोह व्याण्ड मुख्य कलाकार आउँने संयोजक मतलले बताए । त्यसैगरी भ्वाईस अफ नेपालका विराटनगरका श्रीजे एण्ड द प्ले व्याड, हिना एण्ड वदमास, द ग्रिन लिफ व्याण्ड, साथै विराटनगरका ख्याति प्राप्त संगितकर्मीहरुको समुह रहने आयोजकले जनाएको छ ।

म्युजिक फेष्टिभमा सुगम पोखरेल, आशिष राना (लाउरे) द स्मृती, उर्जालगायत राष्ट्रिय कलाकारहरु ल्याईसकेको संयोजक मतलले जानकारी दिए । नेपालीहरुको महान पर्व दशै तिहार र छठ पर्व साथै नेपाल भ्रमण २०२० लाई समेत यसले टेवा पुग्ने आयोजकले दावी गरेको छ ।

कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक महतले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्नको लागी करिब ९ लाख खर्च लाग्ने र करिब ४ हजार दर्शक आउने आयोजकले दावी गरेको छ । कार्यक्रम हेर्नको लागी विराटनगर बाहेक ईटहरी , धरान र पूर्वका शहरबाट पनि दर्शक आउने आयोजकले जनाएको छ । साथै कार्यक्रमलाई आकर्षक पुर्याउन दुई वटा फुड ट्रकको व्यावस्था पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *