एटीएम सेवा शुरु

ह्याकरले बैङ्कको रकम चोरेपछि बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु भएको छ । चार्ड पर्वलाई मध्य नजर गर्दै अन्तर बैङ्क एटीएम खुला भएको हो । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा १८ बैक आबद्ध छन् । यी सबै बैङ्कको एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थालेको छ । प्रभु, माछापुच्छ्रे, ग्लोबल आइएमई, सनराइज, एनबी, जनता, सिटिजन, बैङ्क अफ काठमाण्डू, एनआइसी एशिया, प्राइम, सिद्धार्थ लगायतका बैङ्कहरु नेप्समा आबद्ध छन् । केहिसमय अघि नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न क्षेत्र बाट ह्याकरले पैसा चोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *