सगुन पाउँरोटी उद्योगले उत्पादन गर्ने खाद्य बस्तुको उत्पादन र विक्री बितरणमा रोक

विराटनगर / प्रदेश १ को राजधानी विराटनगर– ११ केशलिया रोडस्थित सगुन पाउँरोटी उद्योगले उत्पादन गर्ने खाद्य बस्तुको उत्पादन र विक्री बितरणमा रोक लगाएको छ ।

उक्त उद्योगले सरसफाइमा ध्यान नदिकन लेबलदेखि उत्पादन र उपभोग्य मितिसमेत उल्लेख नगरि विक्री वितरण गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले रोक लगाएको हो ।

सगुन उद्योगमा खाद्य निरीक्षक शंकर न्यौपानेसहितकोे टोलीले मंगलबार अनुगमान गरेको थियो । अनुगमनको क्रममा उद्योग परिसर भित्र फोहर र दुर्घन्दमा पाउँरोटि, केक र विस्कुटलगायतको विभिन्न खाद्य बस्तु उत्पादन गरेको थियो ।

बालबालिकादेखि सबै उमेर समूहले खाजाको रूपमा खाने गरेको पाउँरोटी उत्पादनमा उक्त उद्योगले सरसफाइमा ध्यान नदिकन लापारबाही पूर्ण तरिकाले उत्पादन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ । फोहर र दुर्घन्दित तरिकाले पाउरोटी, केक र विस्कुटलगायतका खाद्य बस्तु उत्पादन गर्ने सगुन पाउरोटी उद्योगबाट हुने बस्तुको तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले रोक लगाएको छ ।

सगुन पाउँरोटी उद्योगमा उत्पादन हुने खाद्य बस्तुहरूको उत्पादन भएको बस्तुको लेबलदेखि उत्पादन, उपभोग्य मिति, ब्याच नम्बरसमेत नभेटिएको र गुणस्तरमा पनि ध्यान नदिएको पाइएपछि तत्कालको लागि उत्पादन तथा विक्री वितरणमा रोक लगाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।

सरकारले तोकेको गुणस्तरमा रहेर उत्पादन नगर्ने उद्योगलाई खाद्य ऐन अन्तरगत रहेर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कारबाहीको प्रक्रिया अगाडी बढाउँदै आएको छ । खाद्य ऐन २०२३ अनुसार गुणस्तरहीन खानेकुरा उत्पादन गरेको ठहर भए ५० हजार रुपैँयाको जरिवाना, ५ बर्षसम्मको कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

उक्त पाउरोटी उद्योगले दैनिक २ हजारदेखि २ हजार ५ सय प्याकेट ब्रेड, पाउरोटी, बिस्कुट र केकलगायतका खाद्य बस्तुहरू उत्पादन हुने गरेको छ । उद्योगका सञ्चालक अरविन्द स्वर्णकारले सरकारले तोकेको मापदण्डमा रहेर खाद्य बस्तुको उत्पादन गर्दै आएको दाबी गरे । उनले अब सरसफाइमा विशेष ध्यान पु¥याउने प्रतिबद्धता जाहेर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *