प्रेमप्रसाद सञ्जेललाई ठगी मुद्दा नहेर्न चेतावनी

विराटनगर ः श्रम कार्यालय बिराटनगरलाई वैदेशिक रोजगारीका ठगी मुद्दा नहेर्न भन्दै निर्देशन दिएको छ । श्रम विभागले श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई पत्र लेखेरै त्यस्ता प्रकारका मुद्धा नहेर्न भन्दै चेतावनी समेत दिएको हो ।

वैदेशिक रोजगारीमा भएका ठगीका घटनामा पीडकलाई कारवाही गर्दै आएका सञ्जेललाई विभागले रोक लगाएको हो । आफ्नो कार्यकालको छोटो अवधिमै २ करोड १२ लाख बढी सर्वसाधरणको ठगीको रकम उठाएर वाहीवाही कमाएका संजेललाई श्रम विभागले भने पत्र लेखेरै त्यसखालका मुद्दा नहेर्न भन्दै चेतावनी समेत दिएको पाइएको छ ।

अहिले पनि श्रम कार्यालयमा दैनिक दर्जनौं मानिस ठगिएको भन्दै उजुरी दिन आउने गरेका छन् । तर, ठगका विरुद्धमा आगो ओकल्ने प्रेम संजेललाई नै उजुरी नलिन श्रम विभागले पत्र पठाएपछि पीडित सामू उनी पनि नतमस्तक भएका छन् ।
श्रम विभागका निर्देशक (उपन्यायाधिवक्ता) राजेश्वर अर्यालले गत वैशाख ३१ गते वैदेशिक रोजगारीको नाममा ठगीएको भन्ने उजुरी उपर कुनै कारबाही नगर्न भन्दै चलानी नम्बर २७२२ को पत्रबाट संजेललाई आदेश दिइएको छ । त्यसखालका काम जिल्ला प्रशासन कार्यालयबाट हुने पत्रमा उल्लेख छ ।

पहिले श्रम तथा रोजगार कार्यालय विराटनगरको काम श्रमिकको र उद्योग, प्रतिष्ठान व्यापारका लगानिकर्ताको मुद्दा हेर्ने काम थियो । वैदेशिक रोजगारी श्रम स्वीकृतिको काम सुरु भएपछि भने वैदेशिक रोजगारीमा लैजाने नाममा भएका ठगी गरेका विषयमा पनि यस कार्यालयबाट काम हुन थाल्यो । अब वैदेशिक रोजगारी ठगीका मुद्दा नहेरिने संजेलको भनाइ छ । प्रदेश १ बाहेक अन्य श्रम कार्यालयले ठगीका मुद्दा नलिएको र अब आफूलाई पनि नगर्नु भनि पत्र आएको कारण काम गर्न नसकिने भन्दै फर्काउने गरेको संजेलको भनाइ छ । मौखिक रुपमा आएको अधिकारपछि संजेलले झण्डै डेढ सय जनाको २ करोड १२ लाख ठगीको पैसा असुल उपर गरिदिएका थिए भने ५६ लाख रुपैयाँ फिर्ता गराउने प्रक्रियामा छ । संजेल गत फागुन २३ गतेदेखि सो कार्यालयमा हाजिर भएका थिए । भदौको पहिलो सातासम्म वैदेशिक रोजगारमा जानेहरूलाई पैसा लिइ रोजगारमा नपठाउने ठगहरूलाई पक्राउ गरि सो रकम उठाएको उनले जानकारी दिए । श्रम कार्यालयका प्रमुख संजेल उक्त कार्यालयमा आएपछि ठूलादेखि सानासम्म ठगलाई पक्राउ गरेर वैदेशिक रोजगारीमा लगिदिने नाममा हुने ठगीका रकम फिर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *