प्रहरीले दुःख दिए : व्यापारी

चार्डपर्वमा शहरी बजार लाई मध्यनजर गर्दै भोजपुरबाट बिक्रीको लागि चतरातर्फ ल्याउदै गरेको खसी बोका बराहक्षेत्र मन्दिर नजिक झोलुङ्गे पुलमा रोकेर प्रहरीले दुःख दिएको व्यापारी ले बताएका छन् । भोजपुरबाट ६ जना व्यापारीले ल्याएको ६६ वटा खसी बोकालाई प्रहरीले पुल पार गर्न नदिएर दुःख दिएको थियो ।

पुजाको लागी खसीको माग गर्दै प्रहरीले एक घण्टा सम्म पुलमै ब्यापारी हरुलाई रोकेको ब्यावारी जंग कार्कीले बताए । उनका अनुसार झण्डै १ घण्टासम्म प्रहरीले उनीहरुलाई पुल पार गर्न दिएनन् । यता, जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवं प्रवक्ता विनोद शर्माले सिमा क्षेत्रबाहेक अन्यत्र खसीबोका ओसारपसारमा रोक नलगाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *