सुनसहित पक्राउ परेका तोप्चेन सार्वजनिक

पाँच किलो सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा ले सार्वजनिक गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट चीनको तिब्बतबाट जिल्लाको किमाथाङ्का नाका हँुदै ठूलो परिणामको सुन ल्याइँदै गरेको विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला–२ लिङ्गमको घट्टेखोलाबाट पक्राउ गरेको थियो ।
तोप्चेनको झोला खानतलासी गर्दा ज्याकेटको गोजीभित्र रातो टेपले बाँधेर राखेको अवस्थामा सुन फेला पारेको थियो । सुनसहित पक्राउ परेका उनलाई राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *