जुवाडे पक्राउ

इटहरी, इटहरीबाट तास खेल्नेलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–१२ स्थित नेविलाल सरदारको घरमा जुवा तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३ बर्षीय शिब कार्की, ३४ बर्षीय तुलसी पाण्डे र ३४ बर्षीय मदन सरदार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ परेकालाई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप भई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ३७ हजार ६७० रुपैँया समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *