काबुल –
अफगानिस्तानको पूर्वीय प्रान्त नन्गरहरस्थित मिना जिल्लामा शुक्रबार भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
अरु थुप्रै मानिस घाइते छन् । मस्जिदमा शुक्रबारीय प्रार्थनाको अवधिमा विस्फोट हुँदा मस्जिदको छत नै खसेको थियो । विस्फोट कसले गरायो भन्ने अहिलेसम्म खुलेको छैन । कुनै पनि समूहले घटनाको जिम्मा लिएको छैन । घटनाको प्रारम्भिक चरणमा मृतकको संख्या १७ थियो ।
Comments