चाडवाड नजिकिएसंगै भन्सार छलि गरी सामान भित्र्याउने क्रम बढ्दो

विराटनगर-
भारतको जोगबनीबाट भन्सार छलेर नेपाल ल्याएका सामान मोरङ प्रहरीले विराटनगरका विभिन्न स्थानबाट बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको ५० हजार मुल्य बराबरको सामान े विराटनगर १५ बसपार्क नजिकैबाट बरामद गरेको हो ।

त्यसैगरी विराटनगर १२ स्थित भित्री सडकबाट२० हजार मुल्य बराबरको सामान बरामद गरेको मोरङ प्रहरी प्रवक्ता राजकमार खिउजुले जानकारी दिएका छन।

त्यसैगरी विराटनगर १० शान्ति चोकमा अवैध रूपमा भन्सार छलेर ल्याएको करिब ३४ हजार ५ सय मुल्य बराबरको लत्ताकपडा विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले फेला पारेको छ । पक्राउ परेका सामान आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको मोरङ प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *