सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्बोमा सुरु

विराटनगर –
सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्बोमा सुरु भएको छ । शुक्रबारदेखि सुरू भएको बैठकमा विराटनगरका दुई उद्योगी पनि सहभागी भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं सार्क चेम्बर अफ कमर्सका सदस्य राजेन्द्र राउत र नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य, प्रदेश १ का सल्लाहकार एवं सार्क उद्योग वाणिज्य संघका सदस्य अभिनाश बोहरा सो बैंठकमा सहभागी भएका हुन् । सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष चण्डीराज ढकालको नेतृत्वमा श्रीलंकाको कोलम्बो गएको टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका सदस्य उमेशलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं सार्क उवासंघका सदस्य जय शिवाकोटीलगायत श्रीलंका पुगेका छन् ।

कार्य समितिको बैठकका अलावा क्षेत्रीय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको बैठक दुई दिनसम्म चल्ने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले जनाएको छ । बैठकमा सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष, एवं विशिष्ठ सदस्य चण्डीराज ढकालले नेपालको निजी क्षेत्रका तर्फबाट मन्तव्य दिने कार्यक्रम छ ।

नेपालको तर्फबाट अर्थशास्त्री डा। विश्वम्भर प्याकुरेलले वक्ताको रुपमा कार्यपत्र प्रस्तुत गर्नेछन् । सार्कलाई अझ बढी प्रभावकारी बनाउँदै यस क्षेत्रका सम्भावनाहरूलाई व्यापारिक हवका रुपमा कसरी अगाडि बढाउने र अन्तरराष्ट्रिय जगतमा प्रतिस्पर्धी भई व्यवसायको प्रवद्र्धन गर्ने बारेमा छलफल हुनेछ । त्यस्तै छलफलका क्रममा विकासका लागि नेपालले चाल्नुपर्ने कदमका विषयमा नेपाली टोलीको ध्यान केन्द्रित रहनेछ । साथै सार्क राष्ट्रहरूबाट नेपालमा लगानी भिœयाउने र नेपालबाट पनि सार्क राष्ट्रमा लगानी गर्ने विषयमा समेत छलफल गरिने उद्योग वाणिज्य महासंघ प्रदेश १ ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *