सर्लाहीमा भन्सार छलि : समानसहित पिकअप प्रहरीको नियन्त्रणमा

सशस्त्र प्रहरीले २ लाख बराबरको हार्डवेयरका समानसहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
मापदण्ड विपरित भन्सार छलि ल्याइएका भारतको सिमानासँग जोडिएको सर्लाहीको दक्षिणी क्षेत्र बलरा नगरपालिका ४ बाट भारतबाट बरहथवा नगरपालिका तर्फ ल्याईदै गरेको अवस्थामा सो मूल्य बरावरको हार्डवेयरका सामान तथा सामान वोक्न प्रयोग गरिएको पिकअप भ्यान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सामान लोड गरेर ल्याउदै गरेको ना ४ ख २६१० नम्वरको म्याजिक पिकअप भ्यान सहित अन्दाजी २ लाख मुल्य बराबरको हार्डवेयर समान सहित पिकअप भ्यान नियन्त्रणमा लिइएको सर्लाहीका सशस्त्र प्रहरी प्रमुख विनोदराज श्रेष्ठले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीका प्रहरी नायव निरीक्षक प्रमोद कुमार सिंहको मोवाईल गस्ती टोलीले म्याजिक पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा अन्दाजी दुई लाख मुल्य बराबरको हार्डवेयर समानमा १० हजार मुल्य बराबरको हार्डवेयर समानको भन्सार काटिएकोले समान सहित पिकअप भ्यान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीले जनाएको छ ।
बरामद गरिएको हार्डवेयर समान र पिकअप भ्यान जिल्ला भन्सार कार्यालय मलंगवा सँग समन्वय गरी सोमवार आन्तरिक राजस्व कार्यालय पथलैया, बारामा बुझाईने सशस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीका गणपती तथा प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बताए । पछिल्लो समय प्रहरीले निगरानी बढाएपछि भारतीय सीमासँग जोडिएका नाकाहरूबाट प्रहरीले अहिले लाखौंको सामान बरामद गर्न थालेको छ ।

सर्लाहीस्थित नेपाल भारतको सीमामा जाँचको जिम्मा पाएका सशस्त्र प्रहरीको १० नम्बर गणले विभिन्न सीमा नाकाहरुमा खटाइएका मोबाइल गस्ती टोलीले विभिन्न महिनामा भन्सार छली ल्याउने लाखौ समान बरामद गरी जिल्ला भन्सार कार्यालयमा आवश्यक कार्वाहीको लागि पठाउने गरेको गणपति श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *