पटका बेचबिखन गर्ने बराल पक्राउ

इटहरी, सुनसरीको इटहरी उप-महानगरपालिका-४ का ३९ बर्षीय बिबेक बराल पटका बेचबिखन गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

कास्या ट्रेडसमा लुकाई छिपाई राखी पटका बेचबिखन गरेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३० बण्डल पटका सहित बराललाई पक्राउ गरेको हो ।

पक्राउ परेका बरालको सम्बन्धमा थप अनुसन्धान भईरहको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *