पटका बरामद

मोरङ ;
रंगेली नगरपालीका ४ बेतौना भन्दा दक्षिण चिसाङ खोला बाट अवैध रुपमा नेपाल भित्रदै गरैको पटका प्रहरीले बरामद गरेको छ । खोलाको बाटो हुदै भारत बाट अबैध रुपमा नेपाल तर्फ पैदल ल्याउदै गरेको ४ बोरा ५२ बण्डल नागिन पटका मरामद गरेको हो । उक्त पटका को नेपाली मुल्य २,२०,०००पर्न जान्छ । त्यस्तै रंगेली नगरपालीका ४ चोप्राह स्थितमा भारत बाट अबैध रुपमा नेपाल तर्फ पैदल ल्याउदै गरेको झिरझरे पटका १० बन्डल, फुलझरी पटका ६ बन्डल
गरी अमरू ४००० बराबरको पटका इप्रका रंगेली बाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो । उता बिराटनगर महानगरपालीका भित्र बिभिन्न स्थान बाट पनी प्रहरीले भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याएको नागिन पड्का, कोब्रा पड्का, चकलेट बम ,फुलझरी अन्य बिभिन्न किसिममा पड्काहरु गरि दश हजार बराबरको पटकाजन्य पदार्थ फेला पारी नियन्त्रणमा लिईएको छ । तिहारको उपलक्ष्य पारेर नेपालमा पटका अवैध रुपमा ल्याएर बिक्री हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *