टर्की र रुसबीच सिरियामा कुर्दिसविरुद्ध सैन्य कारबाहीका विषयमा सहमति

एजेन्सी-

टर्की र रुसबीच सिरियामा कुर्दिसविरुद्ध सैन्य कारबाहीका विषयमा सहमति भएको छ । दुवै देशका नेताबीच भएको बैठकमा उक्त सहमति भएको हो । यसलाई दुवै देशले ऐतिहासिक सम्झौता बताएका छन् ।

टर्की र रुसले अब संयुक्त रुपमा सिरियाको सीमामा संयुक्त गस्ती गर्नेछन् । यसले उक्त क्षेत्रमा शक्ति सन्तुलन पनि देखाउने बताइएको छ । टर्की र सिरियाको सीमा क्षेत्रमा रुस र टर्की दुवै देशका सैनिक तैनाथ छन् ।

अमेरिकाले भने उत्तरी सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाइसकेको छ । टर्कीले सिरियाका कुर्दिस लडाकूविरुद्ध आक्रामक अभियान चलाएको छ । टर्कीले कुर्दिसको एउटा समूहलाई आतंकवादी समूह बताउँदै आएको छ ।

अमेरिकाले गत साता कुर्दिस लडाकु र टर्कीबीच युद्धविराम गराएको थियो । ५ दिनका लागि गरिएको उक्त अस्थायी युद्धविरामको अवधि समाप्त भएसँगै रुस र टर्कीबीच नयाँ सम्झौता भएको हो ।

कुर्दिस लडाकुहरुले आफूहरु उत्तरी सिरियाबाट हटिसकेको बताएका छन् । यद्यपि नयाँ सम्झौताअनुसार लडाकु हटाउने समय अझ लम्बिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *