बाकुमा प्रम ओलीले पाकिस्तानी र बङ्गलादेशी बीच बेग्लाबेग्लै भेटवार्ता

बाकु (अजरबैजान)
असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा बाकुमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने भएको छ ।

बाकुमा प्रम ओलीले पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने
बाकु (अजरबैजान) । असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा बाकुमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आज अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताउनुभयो ।

आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नहुने कार्यतालिका रहेको छ ।
असंलग्न आन्दोलनको १८ औँ शिखर सम्मेलन शुक्रबार बाकु कङ्ग्रेस केन्द्रमा भएको थियो ।

बाकु आइपुग्नुहुँदा प्रधानमन्त्री ओलीलाई गणतन्त्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले स्वागत गर्नुभएको थियो ।

प्रधान मन्त्रि ओली नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्णसत्रलाई सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका अनुसार नै आज पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग भेटवार्ता गनुहुने भएको हो ।

सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संगठनहरुका प्रतिनिधि सहभागी छन् । शिखर बैठकको उद्घाटन् गणतन्त्र भेनेजुयलाका राष्ट्रपति निकाेलस मदुरोले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *