काठमाडौँदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान

आइतबारदेखि हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान थालेको छ ।

उडान थालेको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शुभकामना दिँदै काठमाडौ बेइजिङ सिधा उडानले नेपाल पर्यटन बर्ष २०२० मा चिनियाँ पर्यटक भित्राउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गरेको हो ।

निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्स नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान विमान हो । कम्पनीले एयरबस ए–३२० जहाजबाट बेइजिङ उडान थालेको हो ।  सातामा तीन उडान गर्ने कम्पनीले जनाएको छ ।

विश्वकै आधुनिक सुविधायुक्त डाक्सिन विमानस्थल हालै मात्र औपचारिक रूपमा सञ्चालनमा आएको थियो । बेइजिङ अन्तरराष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले पनि छिट्टै चीनको राजधानी बेइजिङ उडान भर्ने योजना बनाएको छ ।

हिमालयले बेइजिङसँगै सन २०१९ भित्रै चीनका अन्य तीन शहर क्रमशः गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बेइजिङ बाहेका यी शहरमा नोभेम्बरभित्रै उडान शुरु गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *