ट्रयाक्टरको ठक्करले एक को मृत्यु

बिराटनगर:-
सप्तरीमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ आइतबार एक जनाको मृत्यु भएको छ ।
राजविराज नगरपालिका वडा नम्वर ९ मलेठ स्थित राजविराज रुपनी सडक खण्डमा रुपनीबाट राजविराज तर्फ आउदै गरेको स १ त ४३६९ नम्वरको ट्रयाक्टरले विपरित दिशाबाट आउदै गरेको बा ३८ प १७९५ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ५ मुसहरनियाँ निवासी १९ वर्षीय दिपेश यादवको मोटरसाइकल दुर्घटना हुदाँ घाइते भएको थिए । उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडी सवार सोही गाउँपालिका वडा नम्वर ५ का २२ वर्षीय रुपेश कुमार खंगको दबै खुट्टामा चोट लागेको छ । उनको उपचार राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *