पर्व छठसुरु

सूर्य उपासनाको अनुपम पर्व छठ बिहीबारदेखि सुरु भएको छ। तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको प्रारम्भ भएको हो । शुक्ल पक्षको चतूर्थी तिथिका दिन अर्वाअर्वाइन वा नहाय खाए भन्ने विधि गरिन्छ। ब्रतालुहरूले विहानै नुहाइ–धुवाई गरी चोखो खानेकुरा मात्रै खाने गर्छन्। उसिनेको चामल नखाइ अर्वा चामलको भात र लसुनप्याज, मसुरोको दाल वर्जित खाना ब्रतालुले खान्छन्।

छठ पूजाको भोग सामग्री तयार गर्दा शुद्धता र चोखोपनमा विशेष ध्यान दिइन्छ। छठको सामग्री जुठो भएमा वा केही कारणले अशुद्ध हुन गएमा परिवारमा नराम्रो प्रभाव पर्ने मान्यता छ। छठमा विशेष परिकारसँगै विशेष फलहरूको पनि प्रधानता छ। ऊखु, केरा, मुला, गाजर, बेसार, ज्यामिर, नरिवल, सुन्तला जस्ता फलहरू मुख्य रुपमा भोग लगाइन्छ। षष्ठीको दिन नै बाँसको डाला, नांग्लो, कोनिया, माटोको सरबा, ढाकनमा भोग सामग्री राखेर निर्धारित जलाशयसम्म लगिन्छ।

जलाशयको किनारमा भोग सामग्री राख्नुअघि ब्रतीले पाँचपटक दण्डवत गर्छन्। साँझको बेला अस्ताउँदो सूर्यलाई अर्घ सामग्री पालोपालो अर्पण गरी पूजा गरिन्छ। राति कतिपय स्थानमा जलाशय किनारमै मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने चलन पनि छ। कतिपय ब्रतालुहरू डाला लिएर घर फर्किन्छन्। रातिको बेला छठको डाला जगाउन महिलाहरूले लोक गित गाउने गर्छन्। पर्वको चौथो र अन्तिम दिन बिहानी उदाउँदो सूर्यलाई अर्घ दिइन्छ। यस दिनलाई ‘पारन’ भनिन्छ। अर्घ सम्पन्न भएपछि पण्डितले ब्रतीलाई सूर्य पुराण सुनाउँछन्। पर्व सम्पन्न भएपछि सबै घर फर्केर प्रसाद खाने चलन छ।

नहाय खाय विधि गर्नु पछाडीको कारण ब्रतालुकाु मन र तन दुवैको शुद्ध र सात्विक बनाउनु हो। शुक्ल पक्षको पञ्चमी तिथिका दिन ‘खरना’ को विधान हुन्छ। ब्रतीले यस दिन निराहार ब्रत बसेर साझ सख्खर हालेको चामलको खीर बनाउँछन्। साँझपख नुहाएर चोखो भइ आफ्नो कुल देवताको पूजा गरी आगनमा गाईको गोबरले लिपेर चामलको पिठोले अरिपन ९विशेष चित्र० कोरिन्छ। ब्रतीले बनाएको खीर छठी माता र सूर्य देवलाई सर्मपित गरी खरनाको पूजा गरिन्छ। भोग लगाएको खीर प्रसादका रूपमा ब्रतीले राति खान्छन्। खरनाको दिनपछि ब्रतीले पूर्ण निराहार ब्रत बस्नुपर्छ। छठको तेस्रो दिन षष्ठी तिथिमा गहुँ र चामल जातोमा पिसेर छठका लागि भोग सामग्री बनाइन्छ। यसमा विशेषगरी ठेकुवा, भुसुवा, पिरूकिया, लड्डु जस्ता परिकारहरू बनाइन्छ।

‘छठ पर्व सबै जातजातिको साझा पर्व हो,’ पंडित विदानन्द झा भन्छन्, ‘यसमा सबै जातजातिको समान सहभागीता हुन्छ।’ पर्वका लागि बनाइने प्रसाद सामग्रीको खरिददेखि सजाइने डालाहरूमासमेत सबै वर्गको सहभागीता हुन्छ। दलित समुदायका डोम जातिले बनाउने बाँसका डाला, नाङलोहरूमै पर्वका भोग सामग्री सजाएर जलाशयसम्म लिने गरिन्छ। त्यसैगरी कुमालेले बनाएका माटोका भाँडाहरू सरवा, ढाकन, दियोको प्रयोग पूजाका लागि गरिन्छ। छठ पर्वका लागी तराइका बिभिन्न जिल्लामा रहेका जलासय खोला नाला र पोखरी हरुलाई सरसफाई गरेर छठपुजाको तयारी समेत भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *