अदालतमा महराको बयान शुरु : के हुन सक्छ फैसला

निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ ।
बलात्कारको अभियोगमा पक्राउ परेका महराको शुक्रबार काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको हो ।
अहिले जिल्ला अदालत काठमाडौँमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान सुरु भएको छ ।
महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाडौँले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ । त्यसपछि मात्र महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *